Logo
६ जेष्ठ २०८१, आईतबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप ५ कोरोना संक्रमितको ज्यान गयो : मृत्युहुनेहरु काठमाडौं, धनुषा, नवलपरासी, महोत्तरी र मोरङका

कोरोना भाइरसको संक्रमणबाट आज थप पाँचजनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा चार पुरुष र एक महिला छन् । आज समेत गरी मृत्यु हुनेहरुमा दुई सय ३३ पुरुष र ८९ महिला छन् । आज मृत्यु हुनेहरुमा काठमाडौं, धनुषा, नवलपरासी, महोत्तरी र मोरङका छन् ।

आज मृत्यु भएकासँगै देशमा कोरोना संक्रमणबाट कुल ३ सय २२ जनाको मृत्यु भइसकेको छ । यो संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६२ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ। क्वारेन्टिनमा ६ हजार ७८ जना छन्।

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्