Logo
१२ श्रावण २०८१, शनिबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि एक गर्भवती महिलाको मृत्यु

प्रदेश नं १ स्थित विराटनगरको कोशी अस्पतालले भर्ना नलिएपछि  ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।

विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई प्रसूतिका लागि कोशी अस्पताल विराटनगरले भर्ना नलिएपछि ३० वर्षीया विमलाको मृत्यु भएको हो।

स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई बुधबार बेलुका कोशी अस्पतालमा प्रसूतिका लागि लगेका थिए ।

ज्याला मजदुरी गरेर जीविका चलाएको आएको ऋषिदेव परिवारसँग निजी अस्पताल जान पैसा भएन । ‘पारिवारिक आर्थिक अवस्था कमजोर थियो ।

उनका अनुसार अस्पतालले उपचार गर्न नसक्ने र घरमै फिर्ता लैजान भनेपछि ऋषिदेवले बुधबार राति महिलालाई घर फर्काएका थिए।

दुईपटक शल्यक्रियाबाट प्रसूति गराइसकेको हुँदा अब गर्न नसकिने भन्दै कोशी अस्पतालले भर्ना लिन अस्वीकार गरेको थियो ।

उनीहरुसँग निजी अस्पताल लैजान खर्च थिएन ।आर्थिक रुपमा विपन्न ऋषिदेव परिवारले रकम जोहो गर्दै गर्दा मध्यरातमा बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको छ ।

विमलाकी ९ र ३ वर्षकी दुई छोरी छन् । अढाई वर्षका छोराको एक वर्षअघि खोलामा डुबेर मृत्यु भएको थियो

सुकुमबासी टोलमा बस्दै आएकी विमलाको परिवारसँग अन्तिम संस्कारका लागि पनि पैसा पनि भएन ।

शव उठाउनै समस्या भएपछि नेपाली कांग्रेसका प्रदेश-१ सचेतक केदार कार्कीले सहयोग गरे र विमलाको अन्तिम संस्कार भयो ।

कांग्रेसका प्रदेश-१ सचेतक कार्कीले पनि अस्पतालको लापरबाहीका कारण महिलाको मृत्यु भएको बताए । ‘अस्पतालले बिरामी भर्ना गर्दैन् । सरकार नदेखे झै गर्छ,’ उनले भने ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले फिर्ता पठाउन नमिल्ने बताउँछन् । कसैले फिर्ता पठाएको भए छानविन गरी कारबाही गर्ने उनको दाबी छ ।

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्