Logo
१२ श्रावण २०८१, शनिबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी संशोधनसहित संसदबाट अनुमोदन गर्न नेकपाका दुबै अध्यक्षको प्रस्ताव

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले संसदबाट एमसीसी संशोधनसहित अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

दुबै अध्यक्षले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका हुन्।

‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित अनुमोदन गर्नेु नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा भनिएको छ ।

दलहरूबीच विवाद हुँदा तीन पटक संघीय संसद सचिवालयमा दर्ता भए पनि एमसीसी कम्प्याक्ट अनुमोदन भएको छैन ।

एमसीसी कम्प्याक्ट र कम्प्याक्ट सम्बन्धी कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटी र सचिवालयमा छलफल गरिने अध्यक्षद्वयको प्रस्तावमा उल्लेख छ ।

कार्यदलले संशोधन र परिमार्जन गरेर मात्रै अनुमोदन गर्नुपर्ने सुझाव दिएको छ ।  एमसीसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलले यसअघि नै बुझाएको प्रतिवेदनमाथि पार्टी कमिटीमा छलफल गर्न लागिएको हो ।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्