Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले भ्याट र अन्तःशुल्क बुझाउने म्याद थप नगर्ने, भोलिबाट जरिवाना लाग्ने

सरकारले भ्याट र अन्तःशुल्क बुझाउने म्याद थप नगर्ने भएको छ ।

साउनमा भएको कारोबारको विवरण र कर दाखिला बिहीबारभित्रै गरिसक्नुपर्ने भएको हो । नत्र जरिवाना हुनेछ ।

व्यवसायीले अन्तःशुल्क र मूल्य अभिवृद्धि कर रकम महिना समाप्त भएको २५ दिन भित्र बुझाउनुपर्छ । यसको अर्थ व्यवसायीले साउन महिनाको भ्याट र अन्तःशुल्क बिहीबार नै बुझाउनुपर्छ ।

व्यवस्थाअनुसार स्वयं निष्काशन प्रणालीअन्तर्गत उत्पादित वस्तुको अन्तःशुल्क बिल जारी भएको महिना सकिएको २५ दिनभित्र बुझाउनुपर्छ भने भ्याटको म्याद २५ दिन नै हो ।

लकडाउनका कारण साउनमा व्यावसायिक गतिविधि नभएको र निषेधाज्ञाका कारण कर कार्यालयमा उपस्थित हुन असहज भएको भन्दै व्यवसायीले कारोबार विवरण तथा कर बुझाउने समय थप गर्न माग गरेका थिए ।

भ्याटको विवरणचाहिँ महिना, दुईमहिना वा चार महिना सकिएको २५ दिन भित्र बुझाउनुपर्छ भने अन्तःशुल्कको विवरण महिना सकिएको २५ दिनमा बुझाउनुपर्छ ।

आयकर भने पहिलो किस्ता स्वरुप ४० प्रतिशत पुस मसान्तसम्म, ७० प्रतिशत चैत मसान्तसम्म र बाँकी असार मसान्तसम्म तिर्नुपर्छ । आयकरको विवरण भने आय वर्ष सकिएको तीन महिनाभित्रमा बुझाइसक्नुपर्छ ।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्