Logo
१२ श्रावण २०८१, शनिबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्यो

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि लागु भएको निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार बिहानैदेखि निजी तथा सार्वजनिक गाडी जोर-बिजोर प्रणालीमा सञ्चालन भएका छन् ।

निजी तथा सार्वजनिक गाडी जोर-बिजोर प्रणालीमा सञ्चालन भएका छन्  भने व्यापार-व्यवसाय खुल्न थालेका छन् ।

उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले बुधबार गरेको निर्णय अनुसार बिहान ११ बजेसम्म र बेलुका पाँच बजेदेखि ७ बजेसम्म गरी दुई सिफ्टमा खाद्यान्न पसल खुलाउने निर्णय गरेको हो ।

खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्रीका लागि उक्त सिफ्ट लागु हुनेछ।

सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने छन्।

यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउने छन् ।

यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुल्न पाउने छन् ।

यसैगरि फर्निचर र अटोमोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधबार मात्र खुल्नेछन् ।

भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ।

 

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्