Logo
२६ बैशाख २०८१, बुधबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगरामा आज अनलाइनको माध्यमबाट जितिया विशेष सांस्कृतिक कार्यक्रम

प्रदेश १ स्थित सुनसरीको हरिनगरामा अनलाइनको माध्यमबाट आज जितिया विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिदै छ ।

हरिनगर गाउँपालिका स्थिति हरिनगर युवा समुहले जितिया बिशेष साँस्कृतिक कार्यक्रम गर्न लागेका हुन् ।

कार्यक्रमका सञ्चालक बिनोद मेहताका अनुसार कार्यक्रममा सहभागी प्रतियोगि र कलाकारहरु मध्येबाट प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कृत समेत गरिने जनाएको छ ।

बिहिबार साझ ४ बजेदेखी ८ बजेसम्म अनलाइन कार्यक्रम गर्ने र त्यसको सभापतित्व समितिका अध्यक्ष अरबिन्द मेहता र प्रमुख अतिथि पालिकाका अध्यक्ष गफार अन्सारी, बिशिष्ट अतिथि उपाध्यक्ष रिमझिम कुमारी भगतले गर्ने तयारी भएको कोडिनेटर जुगेश दासले बताएका छन् ।

कार्यक्रमको संयोजन जितिया मेला समिति हरिनगर ४ ले गरेको छ भने सहयोग सिसिडिसी र फेमलियर डान्स समुहले गरेको बताइएको छ ।

सहप्रायोजकमा शिवशान्ति मेडिकल र आयुर्वेद पसल, देव हाडवेयर लगायतको रहेको आयोजक समितिका रन्जित मेहताले जानकारी दिए ।

जितिया मेला समितिले यस पटक छुट्टैखालको प्रस्तुती गर्न लागेको आयोजक समितिको सचिव चन्दन मेहताले बताए ।

कोरोना कहर भएकाले चौर मैदानमा गरिने कार्यक्रम यसपालि सिमित मञ्च र अनलाइनबाट गरिने मेला समितिका सचिव प्रमोद मेहताले बताएका छन् ।

उनका अनुसार कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जितिया पर्वको अवसरमा अनलाइनबाट साँस्कृतिक कार्यक्रम गरिने भएकोले ब्रतालु महिला तया युवाहरु आ आफनो घरमै बसेर हेर्न सकिनेछ ।

जितिया मेला समितिका सदस्य मनोज मेहताले हरिनगर गाउँपालिकामा पहिलो पटक अनलाइन मार्फत साँस्कृतिक कार्यक्रम हुन लागिएको बताएका छन् ।

कोभिड १९ कोरोना भाइरसका कारण समुदाय स्तरमा भिडभाड नहुनलागि इन्टरनेट मार्फत हरिनगर युवा समुहले प्रत्यक्ष लाइभ गरेर देखाउने प्रवन्ध मिलाएकोले ब्रतालु महिलाहरुलाई हेर्न सजिलो भएको मेहताको कथन छ ।

कार्यक्रमको मिडिया पार्टनर नागरिक टाईम्स रहेको छ भने आज ४ बजेदेखी नागरिक टाइम्स वेब च्यानलमा कार्यक्रमको live प्रसारण हुनेछ ।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्