Logo
६ जेष्ठ २०८१, आईतबार
(September 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बराहक्षेत्र मन्दिर छेउको वस्ती पहिरोको जोखिममा, चतरा-वराहक्षेत्र सडक बन्द

प्रदेश १ स्थित अविरल वर्षाका कारण पहिरो जाँदा बराहक्षेत्र मन्दिर क्षेत्रको वस्ती जोखिमा परेको छ । पहिरोका कारण बराहक्षेत्र मन्दिरसम्म पुग्ने सडक समेत अवरुद्ध भएको छ ।

बराहक्षेत्र नगरपालिका-१ को सो क्षेत्रमा पर्ने पुष्पलाल मध्यपहाडी सडकमा पहिरो जाँदा बराहक्षेत्र मन्दिर र छेउका १० घर जोखिमा परेको स्थानीयले बताएका छन् ।

पहिरोले जोखिम भएको भन्दै वडा समिति, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको उनले बताए ।
लगातारको वर्षाले चतरा–वराहक्षेत्र सडकखण्डको ब्रम्हानन्द पुल नजिकै पहिरो जाँदा सडक बन्द भएको छ ।

भने चतरा बजारमा स्थानीयको घरभित्र समेत पानी पसेर चतरा जलमय भएको छ । वर्षेनी पानी परेर डुबान हुँदा समेत स्थानिय तहले सहयोग नगरेको स्थानीयवासीको आरोप छ ।

बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठका अनुसार सोमबारदेखिको अविरल वर्षाले सडकसँगै पहाडबाट पहिरो झर्दा स्थानीय बीरबहादुर श्रेष्ठको घरमा ढुङ्गा खसेको छ भने उनका छिमेकीहरु हेम श्रेष्ठ, दिपक दर्जी, आशा कार्की, दिपा, भक्त र लक्ष्मण श्रेष्ठ, मानबहादुर र हरि श्रेष्ठ तथा चन्द्रबहादुर राईको घर जोखिममा परेको छ ।

 

प्रकाशित मिति: Sep 8, 2020

प्रतिक्रिया दिनुहोस्