Logo
१३ आश्विन २०७७, मंगलबार
(September 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ कर्मचारीसहित १८ जनामा कोरोना पुष्टि भएपछि गोरखा जिल्ला प्रशासन कार्यालय बन्द

गण्डकी प्रदेश स्थित गोरखा प्रशासन कार्यलयका सवारी चालक र तीन जना अन्य कार्यालयका कर्मचारीसहित १८ जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सबै सेवा बन्द गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यलय गोरखाका सवारी चालक र तीन जना अन्य कार्यालयका कर्मचारीसहित १८ जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

‘यस कार्यालयबाट जारी हुँदै आएको अत्यावश्यक प्रयोजन जस्तैः बिरामी उपचार, मत्यु संस्का, सरकारी कामकाज, विदेश जाने व्यक्ति लगायत विविध कामका लागि जिल्ला बाहिर जान आवश्यक सहयोग एवम् सहजीकरण गरिदिनहुन भन्ने निवेदन र कागजात अर्को व्यवस्था नभएसम्मको लागि इमेलमार्फत प्राप्त गर्ने र सोही मार्फत सहजीकरण पत्र प्रदान गरिने व्यहोरा जानकारी गराइन्छ’ प्रजिअ भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।

प्रजिअ भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक कामका लागि चाहिने सवारी पास भने इमेलमार्फत प्राप्त गर्ने र सोही मार्फत सेवा सहजीकरण गरिने बताए ।

प्रकाशित मिति: Sep 8, 2020

प्रतिक्रिया दिनुहोस्