Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली प्रेस कार्ड बनाएर विक्रिवितरण गरेको आरोपमा ३ जना पक्राउ

पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरिरहेको आरोपमा प्रहरीले संघीय राजधानी रहेको काठमाडौं स्गिथ बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरुले अनलाइन सञ्चार माध्यमको प्रेस कार्ड नक्कली बनाएको पाइएको प्रहरीको भनाइ छ । काठमाडौंमा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो बढेपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

 

 

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्