Logo
४ आश्विन २०७७, आईतबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड-१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक

विश्वमै महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ ।

निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको सो फिल्म बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट आज सार्वजनिक भएको हो ।

निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई फिल्ममार्फत उतारिएको जानकारी दिनुभयो ।

फिल्मको छायाङ्कन तथा सम्पादन बरुण कोइरालाले गर्नुभएको छ । ‘ढोका’ लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् ।

फिल्ममा कलाकार आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्