Logo
१५ चैत्र २०८०, बिहीबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी मानिसको आँखाबाट रगतको आँसु बगेपछि…!

तपाईले यो भनाइ सुन्नुभएको होला ‘रगतका आँसुहरू’। तर के तपाईलाई थाहा छ संसारमा केहि मानिसहरु छन् जो साँच्चिकै रगतको आँसु झार्छन्।

त्यस्तै एक ५२ वर्षीय व्यक्ति इटालीमा बस्छन्। त्यस मान्छेले भने कि उनको आँखा, नाक वा टाउकोको कुनै भागमा चोट लागेको छैन, तर किन आँखाबाट रगत आउँदछ उसलाई थाहा छैन।

जानकारीका अनुसार व्यक्तिको आँखा कुनै पनि समयमा रगत बग्न थाल्छ। जब उनि अस्पतालमा जाँचको लागि गए, उनको त्यो घटना डाक्टरहरू सुनेर छक्क परे।

वास्तवमा त्यस व्यक्तिलाई हीमोलैक्रिया भनिने एक अनौंठो रोग लागेको छ। जब यो व्यक्ति उपचार लिन अस्पतालमा भर्नाभएर उपचारमा बसे पछि पनि उसको आँखाबाट रगत आउन थाल्यो।

हीमोलैक्रिया के हो?
यो असाधारण रोग हो जसले रगतमा आँसुको मिश्रण गर्दछ, जुन पछि आँखाबाट बाहिर आउँदछ। विश्वव्यापी रूपमा कति मानिसहरू यस रोगबाट पीडित छन् भन्ने बारेमा कुनै डाटा छैन।

हेमोलाइटिक रोगका धेरै कारणहरू हुन सक्छन्, जस्तै आँखा संक्रमण, अनुहारको चोट वा सुजन, र आँखा भित्र ट्यूमर मुख्य मानिन्छन्। एजेन्सी

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्