Logo
६ जेष्ठ २०८१, आईतबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले तीन वर्षपछि जग्गाको कित्ताकाट खुलायो

सरकारले हाल रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट तीन वर्षपछि खुल्ला गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन ।

२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन ।

१८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् ।

त्यसपछि १९ भाद्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो ।

कित्ताकाट खोल्नुमा जग्गा कारोबारीहरुको स्वार्थ गाँसिएको बताइएको छ । घरजग्गा व्यवसायलाई बढाएर सरकारले कोरोना कहरमा आर्थिक संकटको समस्या केही हदमा समाधान गर्ने नीति समेत बनाइएको हुनसक्ने कतिपयको विश्लेषण रहेको छ ।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्