Logo
१२ बैशाख २०८१, बुधबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घीयतालाई सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताएका छन् ।

सत्रौँ निजामती सेवा दिवस २०७७ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्र्ण निजामती कर्मचारीमा हार्दिक बधाई तथा सुस्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निजामती सेवाले निर्वाह गर्दै आएको हुँदा सङ्घीयतालाई सफल पार्न तथा सरकारले लिएको ‘समृद्ध नेपाली, सुःखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा समेत यस क्षेत्रको भूमिका अर्थपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, जवाफदेही, परिणाममुखी र सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सक्षम प्रशासन अपरिहार्य रहेकामा समेत उनले जोड दिए ।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्