Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्यौ वर्षदेखि जुत्ता चप्पल नलगाउने यो ठाउँ, लगाउँदा कठोर सजाय थाहापाउनुहोस् !

यो संसार पनि कति विचित्रको छ । हामीलाई सुन्दा पनि कति घटना अचम्म लाग्ने गर्छ । यो ससार विकासक्रमसँगै मानवजातीले रितीरिवाज, धर्म, संस्कार र समाज निर्माण गरेका हुन्छन् ।

बिना चप्पल जुत्ता कोही पनि बाहिर निस्कन सक्दैनन तर भारतमा यस्तो एउटा गाउँ पनि छ जहाँ कसैले जुत्ता चप्पल लगाएमा पाप सम्झन्छन् ।

गाउँका मानिसहरु वर्षो देखि चप्पल लगाएका छैनन् र नियमको पालना गर्दै आएका छन् । यदि कसैले गल्तीले पनि नियम तोड्ने कोशिश गरेमा उसलाई कठोर सजाय दिइन्छ ।आज हामी तपाइलाई एक अनौठो एक गाउँको बारेमा हामी चर्चा गर्ने छौ ।

कलिमायन नामको गाउँका मानिसहरुले आजसम्म खुट्टामा चप्पल लगाएका छैनन् । वास्तवमा त्यहाँका मानिसहरुले अपाच्छी नामको देवतालाई सर्यौ वर्षदेखि पुज्दै आएका छन् ।

गाउँका मानिसहरुले देवता अपाच्छीले सर्यौ वर्षदेखि उनीहरुको रक्षा गर्दै आएकोले उनको आर्शिवादले सबैजना कुशल मंगल भएको विश्वास गर्छन् ।

त्यहाँका मानिसहरुको अनुसार चप्पल लगाएमा भगवान रिसाउने र भयंकर प्राकृतिक प्रकोप आउन सक्छ । प्रकोपबाट बच्नलाई त्यस्तो नियम पालना गर्दै आएका छन् ।

देवता अपाच्छी प्रति आस्था देखाउनलाई त्यहाँका मानिसहरुले आदरभावको साथ जुत्ता चप्प्ल त्याग गरी जीवन बाचिरहेका छन् ।

त्यहाँ बस्नेले मात्र नभएर पाहुना हुन जानेले पनि नियम पालना गर्नुपर्छ । गाउँको सिमाभित्र यस्तो नियम लागु हुन्छ भने सिमा पार हुँदा बित्तिकै नियम तोडिन्छ । एजेन्सी

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्