Logo
२७ असार २०८२, शुक्रबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटक नआउदाँ भ्रमण मार्फत हुने आम्दानी घट्यो

कोरोना भाइरसको त्रासले विदेशी पर्यटक नआउदाँ गत आवमा भ्रमण आय १९.२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक विवरण यस्तो देखाएको हो ।

राष्ट्र बैंकअनुसार भ्रमण मापर्फत रु.६० अर्ब ८९ करोड आम्दानी भएको छ ।

अघिल्लो वर्ष यस्तो आय रु. ७५ अर्ब ३७ करोड आम्दानी भएको थियो ।
यस्तै, भ्रमण मार्फत बाहिरीने रकम पनि भ्रमण व्यय ४०.९ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार भ्रमण मार्फत रु. ५३ अर्ब १४ करोड बाहिरीएको छ ।

यसमध्ये शिक्षातर्फको व्यय रु.२५ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय रु.८९ अर्ब ९१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४६ अर्ब ३२ करोड रहेको थियो ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्