Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरीमा अहिलेसम्म २१ सय ६१ जना प्रहरीमा कोरोना संक्रमण

नेपालमा अहिलेसम्म प्रहरीमा कुल कोरोना संक्रमितको संख्या २ हजार १ सय ११ पुगेको छ ।

उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या दिनप्रतिदिन बढ्दै अवस्थामा काठमाडौं उपत्यकामा मात्रै ६२९ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार १ सय ११ पुगेको जसमध्ये ९ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अहिले १२ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।प्रहरी प्रधान कार्यालयमा कार्यरत ७१ र काठमाडौं उपत्यकाका ५५८ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ मा २१०, प्रदेश २ मा ७३, वाग्मती प्रदेशमा ६०, गण्डकीमा ८१, प्रदेश ५ मा १०४, कर्णाली प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

 

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्