Logo
६ जेष्ठ २०८१, आईतबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि मन्त्रालयले मलका ठेकदारको धरौटी जफत गरी कालोसूचीमा राख्ने

मलको आपूर्ति र वितरण दुबैमा गडबडी हुने गरेको निश्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुबै ठेकदारलाई कारवाही गरी धरौटी जफत गर्ने भएको छ ।

मलको आपूर्ति र वितरण दुबैमा गडबडी हुने गरेको निश्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुबै ठेकदारलाई कारवाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको स्रोतले बताएको हो ।

आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर यी दुबै कम्पनीलाई कालोसूचीमा राख्नका लागि कृषि मन्त्रालयले सिफारिस गर्ने रकेदारको धरौटी जफत गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

गत पुसमै मलको ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको हो ।

संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कस्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।

उनीहरुले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुबै कम्पनीलाई कारवाही गर्न लागिएको स्रोतले बतायो ।

मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरबेटी हुन् ।

उनले माओवादीको प्रभव प्रयोग गरेर ठेक्काहरु हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । त्यसैगरी अर्को होविको मल्टीपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

यसैवीच, शनिबार विप्लव समूहका प्रवक्ता प्रकाण्डले एक वक्तव्य प्रकाशित गरेर शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालालाई सरकारले कारवाही नगरे आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका थिए ।

विप्लव समूहको चेतावनी आएको भोलिपल्टै प्रचण्डका घरबेटीसहितका ठेकदारलाई सरकारले कालोसूचीमा राख्न लागेको हो ।

विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार सय ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निश्कर्ष छ ।

अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीइ तह ९नगरपालिकारगाउँपालिका० मार्फत किसानसमक्ष पुर्‍याइने गरी कषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

ठेकदारलाई कारवाही गर्ने र सहकारीको सिन्डिकेट तोड्ने निर्णयसँगै मल माफियाहरुको चलखेल समाप्त हुने मन्त्रालयको दाबी छ ।

 

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्