Logo
६ जेष्ठ २०८१, आईतबार
(September 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अल्का अस्पताल कर्मचारीको शव फेला, हत्याको आशङ्का

ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ ।

केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका- १० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

उनको हत्या गरिएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ ।तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो ।

सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

गए राति शव फेला परेको र शवपरीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ । शव परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो ।

राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले अज बिहान गएर शव उठाएको थियो । आफन्तले आज उनकै शव भएको पुष्टि गरेको छ ।

अनुसन्धानका क्रममा उनका एकजना नातेदारलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तामाङले जानकारी दिए ।

प्रकाशित मिति: Sep 5, 2020

प्रतिक्रिया दिनुहोस्