Logo
६ जेष्ठ २०८१, आईतबार
(September 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहा गोलबजारकी २१ वर्षीया युवतीसँग सामुहिक बलात्कार, २ पक्राउ, ३ फरार

प्रदेश २ स्थित सिरहा जिल्लामा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । गोलबजार नगरपालिकामा गएको भदौ १३ गते २१ वर्षीया युवतीसँग सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा प्रहरीले गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुखियाँ लगायत ५ जनाले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Sep 5, 2020

प्रतिक्रिया दिनुहोस्