Logo
६ जेष्ठ २०८१, आईतबार
(September 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरकी ४३ वर्षीया संक्रमित महिलाको मृत्यु, प्रदेश १ मा हालसम्म ३६ मृत्यु, तर १२ जना प्रदेश २ का

प्रदेश १ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

यससँगै प्रदेश १ मा हालसम्म ३६ संक्रमितको मृत्यु भएको छ । जसमा प्रदेश १ का २४ र प्रदेश २ को १२ जना रहेका छन् । प्रतिष्ठानमा हालसम्म उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिष्ठानका अनुसार विराटनगर ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

विराटनगरको न्यूरो अस्पतालबाट श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि रेफर भएकाले प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार भर्ना गरिएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार महिलालाई बिहीबार बिहान पौने ११ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । महिलामा विगत ४ वर्षदेखि उच्च रक्तचापको समस्या थियो ।

यसअघि, कोरोनाको लक्षण देखिएपछि भदौ १७ गते महिलाको स्वाब संकलन गरी विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित मिति: Sep 5, 2020

प्रतिक्रिया दिनुहोस्