Logo
२९ असार २०८२, आईतबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातो मछिन्द्रनाथ रथयात्राको क्षमा पूजा गर्दैै

रातो मछिन्द्रनाथको रथ यात्राको आज शुक्रबार क्षमा पूजा गरिएको छ।

स्थानीय बासिन्दाले निषेधाज्ञाकैबीच रथ तान्न खोजेपछि बिहीबार प्रहरीसँग झडप भएको थियो।

त्यसपछि सरोकारबालाको बैठक बसेर आज क्षमा पूजा गर्ने निर्णय गरिएको थियो।शुक्रबार बिहान १० बजे ८ जना पुजारीको सहभागितामा क्षमा पूजा गरिएको हो।

आज ललितपुरमा कर्फ्यू लगाइएको छ। कर्फ्यूकैबीच केही पुजारीहरुलाई पास दिएर क्षमा पूजा गर्ने व्यवस्था मिलाइएको हो।

अब रातो मछिन्द्रनाथको रथ भने पर्सी तानिने बताइएको छ।

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्