Logo
१२ श्रावण २०८१, शनिबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घन्टामा थप १२२८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ।

हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन्।

१३ हजार ४ सय १३ जनाको आज पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमणमुक्त भएका छन्। योसहित २४ हजार २०७ जना निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्