Logo
२४ बैशाख २०८१, सोमबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्य रोक्न खोज्दा स्थानीय र प्रहरीबीच झडप

स्थानीयले आज प्रशासनले लामो समयदेखि रोकिराखेको रातो मच्छिन्द्र नाथको रथ आज तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयवासीबीच दोहोरो भिडन्त भएको हो ।

युवाहरुलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा लगेका छन् भने अहिले पनि तनाव भइरहेको छ ।

कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् ।

विवाद बढेपछि पुल्चोक क्षेत्र तनावग्रस्त भएको छ । स्थानीयले जिल्ला प्रशासनलाई पटक-पटक रथ तान्नका लागि आग्रह गर्दै आए पनि विश्वभर महामारी फैलिएको कोरोना भाइरसका कारण प्रशासनले रोक्दै आइरहेको थियो ।

तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् ।

 

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्