Logo
२३ बैशाख २०८१, आईतबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढोरपाटन बाढी अपडेट : ११ जनाको शव फेला, ३० जनाभन्दा बढी बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ११ पुगेको छ सो ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले ३१ घर र एउटा स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको छ ।मृत फेला परेका ११ जनामध्ये ढोरपाटन-९ की २६ वर्षकी केशमाया बिकको मात्रै पहिचान भएको छ ।

अरु ६ महिला र चार पुरुषको पहिचान नभएको डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन् । बेपत्ता हुनेको संख्या थपिने क्रम जारी रहेकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङकासूचना अधिकारी रेग्मीले भनेका छन्, ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।’

अरिवरल वर्षासँगै बुधबार मध्य रातिमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

 

 

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्