Logo
६ जेष्ठ २०८१, आईतबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषा स्थित रेल्वे लीकको दक्षिणपट्टि रहेको खाल्डोमा एक युवतीको शव भेट्यो

सांकेतिक तस्बिर

प्रदेश २ स्थित धनुषामा फेरि एक व्यक्तिको शव फेला परेको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नं. १ लखौरी स्थित पानीमा तैरिरहेको अवस्थामा एक महिलाको शव फेला परेको हो ।

जनकपुर-जयनगर रेल्वेको लीक (ट्रैक) को दक्षिणपट्टि रहेको खाल्डोमा सो लाश फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय औरहीको प्रहरी टोली घटनास्थलमा पुगेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाबाट समेत प्रहरी टोली प्रस्थान गरेको बताइएको ।

घटनाबरे थप अनुसन्धान भइरहेको छ । यसअघि हिजोमात्र जनकपुरमा समेत एक एक पुरुषको शव फेला परेको थियो ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्