Logo
१२ बैशाख २०८१, बुधबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाग्लुङमा बाढीमा परेर १३ जना बेपत्ता, ६ जनाको शव फेला

गण्डकी प्रदेश स्थित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगाएको छ ।

बाढीले बगाएका ६ जनाको शव फेला परेको छ ।अझै करिब एक दर्जन मानिस बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।अरिवरल वर्षासँगै राति आएको बाढीले घर बगाउँदा करिब १३ जना सम्पर्क बिहिन बनेको उनले बताए ।

बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी न्यौपानेले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए ।

बाढीले भुदीखोला जलविद्युत र एउटा गाडी पनि बगाएको छ । ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्