Logo
६ जेष्ठ २०८१, आईतबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिराहा घर भई मेदान्तमा कार्यरत कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजित साह मृत फेला

प्रदेश २ स्थित सिराहा घर भएका कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार साह मृत अवस्थामा फेला परेका छन्

नेपाल मेडिकल काउन्सिल दर्ता नम्वर ६३१७ रहेको उनकी श्रीमती र एक छोरी छन् । सबैको बसोबास भारतमै रहेको छ ।

भारतको हरियाणा राज्यको गुरूग्रामस्थित मेदान्त अस्पतालमा कार्यरत अन्दाजी ४० वर्षका डा. साह मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

उनी मेदान्तमा २०१६ देखि कार्यरत हुनुहुन्थ्यो । उहाँ रोबोटिक सर्जनको रूपमा कार्यरत थिए ।

साहले पञ्जावको चञ्डीगढस्थित प्रिमियर इन्स्टिच्युटमा सर्जरी विषयको अध्ययन गरेका थिए ।

भारतको एम्सबाट एमसीएच गरेका साहको अन्तर्राष्ट्रिय जर्नलहरुमा धेरै लेखहरु पनि प्रकाशित भएका छन् ।

उनले पोखराको मणिपाल अस्पतालबाट एमबीबीएस गरेका थिए ।

कलेजो प्रत्यारोपणमा भारतमै चम्किलो ताराका रुपमा मानिने साहको निधनले चिकित्सा क्षेत्रले अपूरणीय क्षति व्यहोरेको उनका सहकर्मी कलेजो प्रत्यारोपण विशेषज्ञ डा. एकानन्द सिंह बताए ।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्