Logo
१२ श्रावण २०८१, शनिबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको निषेधाज्ञा खुकुलो पार्ने निर्णय : पसल खोल्न पाइने, सिटी सफारीमा २ जना चढ्न पाईने

प्रदेश १ स्थित सुनसरीमा विहीबार बिहानबाट निषेधित क्षेत्र खुकुलो हुने भएको छ । बुधबार राती १२ बजेबाट घोषित निषेधित क्षेत्रको अवधि सकिनै लाग्दा सुनसरी जिल्ला प्रशासनले भोलिबाट लागु हुने गरी निषेधित क्षेत्र केहि खुकुलो पार्ने निर्णय गरेको हो ।

सुनसरी प्रशासन कार्यालयले दिएको जानकारी अनुसार भोलिबाट सुनसरीका बजार पसल मापदण्ड अनुरुप विहान १० बजेसम्म खोल्न पाइने छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार स्वास्थ्य मापदण्ड अनुसार तोकिएको समय भित्र बजार पसल खोल्न पाइने छ ।

यद्यपि सैलुन, ब्युटीपार्लर, जिमखाना, स्पा भने खोल्न नपाइने प्रशासनले स्पष्ट पारेको छ । त्यसैगरी दैनिक तथा साप्ताहिक हटिया र सडक पेटीमा गरिने व्यापार समेत तत्काल संचालन गर्न नपाइने सुनसरी प्रशासनले जनाएको छ ।

सुनसरी प्रशासनका अनुसार तत्कालकालागि सिटी सफारी बाहेकका सवारीका साधन भने संचालन गर्न पाइने छैन् । प्रशासनले २ जना सवार रहन सक्ने गरी स्वास्थ्य मापदण्ड अनुसार सिटी सफारी भने संचालनमा ल्याउन सकिने जनाएको छ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था स्वास्थ्य मापदण्ड अनुसार भीडभाड नहुने गरी संचालन गर्न पाइने समेत सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले भेला, जम्मा, जुलुस, सभा सम्मेलन जस्ता कार्य गर्न नपाइने जनाएको छ ।

उसले अत्यावश्यक अवस्था बाहेक हिडडुल नगर्न सर्वसाधारण समक्ष आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्