Logo
१८ बैशाख २०८१, मंगलबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! अनुष्का शर्माले लगाएको भाइरल भएको यो ड्रेसको मुल्य कति?

पछिल्लो समयमा बलिउड अभिनेत्री अनुष्का गर्भवती भएको जानकारी दिँदा उनले लगाएको ड्रेस इन्टरनेटमा भाइरल भइरहेको छ ।

बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीको परिवारमा नयाँ सदस्यको आगमन हुदैँछ भनेर जानकारी दिएका थिए ।

खास चर्चा हुनुको कारण उनले लगाएको कपडा सेतो डट भएको ड्रेस हार्दिक पाण्ड्याको पत्नी नताशाले पनि लगाएकी थिइन् ।

नताशा पनि अहिले गर्भवती छिन् र यो जादुको ड्रेस गर्भवतीकै लागि बनेको हो भन्ने आम दर्शकलाई लागेको छ । इन्टरनेटमा भाइरल भएको यो अनुष्काको ड्रेसको मुल्यको बारेमा चर्चा सुरु भएको छ ।

यो ड्रेसमा अनुष्का निकै सुन्दर देखिएकी छिन् । उनले यही ड्रेस लगाएको तस्वीरमा आफु गर्भवती भएको सुखद खबर दिदै लेखेकी थिइन्, ‘हामी चाडै ३ हुने छौ ।’

उनले लगाएको कपडाको ब्रान्ड अष्ट्रेलियन हो । यसमा रफल डिजाइन गरिएको छ । एक रिर्पोट्सको अनुसार यसको मुल्य ४५ हजार रुपैयाँ हो । (एजेन्सी)

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्