Logo
६ जेष्ठ २०८१, आईतबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा ७ महिनादेखि लगातार छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

संघीय राजधानी काठमाडौंको शंखमुलमा बाबुले छोरीलाई बलात्कार गरेका छन् ।

४० वर्षीय बाबुले ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ ।

बालिकालाई ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएका थिए । छोरीले ‘योनी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् ।

अस्पतालमा छोरीले बाबुको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

बाबुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको एसपी राठौरले बताए ।

क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को समन्वयमा विदेशमा कोभिड-१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् ।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्