Logo
६ बैशाख २०८१, बिहीबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संकटको तयारी गर्दै सशस्त्र प्रहरी, आवश्यक परे अवकाशप्राप्तलाई पनि आव्हान गर्ने

कोरोना महामारीको संकट बढ्दै जाँदा भविष्यमा आउनसक्ने सम्भावित चुनौतीको विश्लेषण गर्दै सशस्त्र प्रहरीले आवश्यक तयारी थालेको छ ।

कोरोनाको अवस्था भयावह हुने सम्भावित अवस्थाको लागि भन्दै आफूहरुले पूर्वतयारी गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताए ।

सशस्त्रले सुरक्षा तयारीस्वरुप विभिन्न तयारी गरेको छ । सशस्त्र प्रहरी बलमा हाल ३७ हजारको हाराहारीमा जनशक्ति कायम छ ।

जसमध्ये एक हो संकट बढेको अवस्थामा अवकाशप्राप्त सशस्त्र प्रहरी र युवालाई समेत स्वयम्सेवक बनेर कोरोना महामारीविरुद्ध सक्रिय हुन आव्हान गर्ने ।

प्रवक्ता अर्यालले भने,“यो अन्तिम अवस्थाका लागि गरिएको तयारी हो । कोरोना संक्रमणले हाम्रा काम कारवाही निकै प्रभावित भएमा हामीले अवकाशप्राप्त इच्छुक प्रहरीलाई स्वयम्सेवक बन्न आह्वान गर्छौँ । उनीहरुलाई विभिन्न जिम्मेवारीमा परिचालन गर्छौँ । तर यसका लागि सरकारसँग समन्वय हुन्छ । सकेसमम्म यस्तो अवस्था नआओस् भन्नेतर्फ सचेत छौं ।”

यसका लागि विभिन्न चरणहरु हुनेछन् । सबै चरणहरु पार गर्दा पनि समस्या भएमा मात्रै अन्तिम विकल्पका रुपमा स्वयम्सेवकको प्रस्ताव अघि सारिनेछ ।

सशस्त्र प्रहरीमा हाल १५२ वटा बोर्डर आउट पोष्ट (बीओपी) छन् । यसबाहेक आठवटा रिजर्भ गण, बाहिनी र मुख्यालयमा जनशक्ति छ ।

“अहिले नै सुरक्षामा समस्या भने आएको छैन,” उनले भने । आफूहरुले गर्दै आएको नियमित जिम्मेवारीका लागि जनशक्ति पुगेको प्रवक्ता अर्याल बताउँछन् ।

सीमा सुरक्षा, राजश्व चुहावट, भिड नियन्त्रण, विपदमा उद्धारलगायत शान्ति सुरक्षाका मुख्य जिम्मेवारीमा सशस्त्र सक्रिय रहँदै आएको छ ।

हाल सशस्त्र प्रहरीको ३१ हजार जनशक्ति कोरोनाविरुद्धको अभियानमा फिल्डमै परिचालित छ । जसमध्ये ६ सय बढी प्रहरी कोरोना संक्रमित छन् ।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्