वीरगञ्जमा उपचाररत बाराका ९७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
प्रदेश २ को वीरगञ्जमा थप ९७ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
बाराको सम्रौनगढ नगरपालिका-९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो ।उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
‘मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलेदेखि नै रहेछ । उमेर पनि ढल्किसकेको अवस्था थियो । यस्तोमा कोरोना संक्रमण देखियो,’ उनले भने, ‘हामीले सकेको प्रयास गर्यौं तर बचाउन सकिएन ।’
अहिलेसम्म वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।