Logo
६ जेष्ठ २०८१, आईतबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी निरीक्षक नवीनकुमार सिंह सहित हिरासतमा मृत्यु भएका घटनामा संलग्न रौतहटका ३ निलम्बित

प्रदेश २ स्थित रौतहट जिल्लामा एक दलित युवाको हत्या आरोपमा नियन्त्रणमा लिएका आरोपीलाई सोधपुछ गर्ने क्रममा हिरासतमा प्रहरीको यातनाले मृत्यु भएकोले रौतहटका तीन प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गरी रौतहटको गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय महराको सोधपुछका क्रममा मृत्यु भएको घटनामा ती प्रहरीलाई निलम्बन गरिएको बताइएको छ ।

निलम्बित प्रहरी निरीक्षक सिंहलाई गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट जाँचबुझ समाप्त नहुञ्जेलसम्म ६ महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै, प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मका लागि निलम्बन गरिएको छ ।

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्