Logo
१२ श्रावण २०८१, शनिबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिसभामार्फत बामदेवलाई मन्त्री बनाउन नेकपा भित्र दबाव

बामदेव गौतमलाई राष्ट्रिसभामा लैजान र मन्त्री बनाउन नेकपा भित्र दबाव पर्दै गएको छ ।

यसअघि राष्ट्रिय सभा सदस्य बनाउने पार्टी भित्र सहमति बनेको र उक्त सहमती पालना गर्दै उनलाई मन्त्री बनाउन पार्टी भित्र दबाव परेको हो । तर प्रधानमन्त्री केपी ओलीको इच्छा युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य दोहोराउने नै छ ।

गत असार १८ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो ।

गौतमलाई राष्ट्रियसभामा लगेर उपप्रधानसहित अर्थमन्त्री बनाउन समेत नेकपाभित्र प्रधानमन्त्री ओलीलाई दबाब परेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभाको कार्यकाल गत फागुनमा सकिएको थियो । राष्ट्रियसभाको कार्यकाल सकिएको ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

खतिवडाको कार्यकाल भदौ २० गते सकिँदैछ । खतिवडाको ठाउँमा पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष गौतमलाई लाने तयारी भएको छ । नेकपाका अध्यक्ष प्रचण्डसहित बहुसंख्यक नेताहरुले खतिवडालाई उक्त जिम्मेवारी नदिन प्रधानमन्त्री ओलीलाई चेतावनी दिइसकेका छन् ।

उनिहरुले यसअघि गरेको पार्टीको निर्णय नै कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । नेता गौतमले समेत सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आफुलाई राष्ट्रियसभामा लिने पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनले आफु प्रतिनिधीसभामा उम्मेदवार नबन्ने समेत प्रधानमन्त्रीई स्पष्ट पारिसकेका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले खतिवडाको ठाउँमा गौतमलाई लैजाने खुलासा गरेका छन् । उनले गौतमलाई राष्ट्रियसभामा लगेर मन्त्री बनाउने तयारी भएको बताएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले गत असार १८ गते बसेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन हुने दाबी गरे ।

गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएको भन्दै नेता शर्माले उनलाई सरकारमा लैजानुपर्ने बताएका छन् । ‘वामदेवजीले अर्थमन्त्रालयको नेतृत्व गर्नुभयो भने सरकारको काम थप प्रभावकारी हुन्छ’, शर्माले भनेका छन् ।

अर्थमन्त्री खतिवडाले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेताहरुले असन्तुष्टी जनाइरहेका छन् । नेकपाका शीर्ष नेताहरुले नै खतिवडाको उक्त कदमलाई राष्ट्रघाती भनेका छन् । नेकपा नेता भीम रावलले अर्थमन्त्रीले राष्ट्रघाती कदम चालेको बताएका छन् । उनले राष्ट्रघाती कदम गनै खतिवडालाई प्रधानमन्त्री ओलीले संरक्षण गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘यति ठूलो राष्ट्रघात गर्दा पनि केही मान्छेहरूले उहाँको संरक्षण गरिरहेका छन् । नेपालबाहेक अरु देशमा हुन्थ्यो भने अर्थमन्त्री खतिवडालाई राज्यद्रोहको मुद्दा लाग्थ्यो ।’त्यस्तै नेता रावलले नेकपा कार्यदलले एमसीसी सम्झौताका बारेमा प्रतिवेदन बुझाइसकेको बताए । उनले संशोधन बिनाको एमसीसी सम्झौता पारित नहुने बताए ।

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्