Logo
१५ फाल्गुन २०८०, मंगलबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय कारागार सुन्धारामा चार जना कैदीको मृत्यु, एक जनामा कोरोना पुष्टि

केन्द्रीय कारागार सुन्धारामा चार जना कैदीको मृत्यु भएको छ । सोमबार राती एक जना र मंगलबार बिहान तीन जना कैदीको मृत्यु भएको हो । मृतकमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कंचनपुर भीमदत्त नगरपालिका–६ का ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुषमा १४ गते कोरोना पुष्टि भएको थियो ।

कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले अन्य तीन जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । मृतकहरुक्रमशः ५८, ६० र ६४ वर्षीय पुरुष रहेका छन् ।

अहिलेसम्म केन्द्रीय कारागारमा रहेका ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्