Logo
६ जेष्ठ २०८१, आईतबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिरासतमा विजय महरालाई यातना दिएको देखिएपछि ३ प्रहरी निलम्बित

प्रदेश नं २ रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्त विजय महरालाई हिरासतमा यातना दिएको पाइएपछि ३जना प्रहरी निलम्बन गरिएको छ।

प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका  प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँधुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको हो ।

गरुडा नगरपालिका-८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ ।

१९ वर्षीय विजय शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका थिए ।

समितिको प्रारम्भिक छानविनमा प्रहरी अधिकारीले यातना दिएको देखिएको स्रोतको भनाइ छ ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले तीन जनालाई निलम्बन गरिएको बताएका छन् । घटनाबारे थप छानविन भइरहेको उनले बताए ।

गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उपसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा घटनाको छानविन भइरहेको छ ।

छानविन समितिमा २ नं. प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एक एसपी सदस्य छन् ।

इलाका प्रहरी प्रकरण सार्वजनिक भएपछि डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालिएको थियो ।हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइ सकिएको छ ।

 

 

 

 

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्