Logo
२१ बैशाख २०८१, शुक्रबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले सैन्य मुठभेड चाहे सन् १९६२ मा भन्दा बढी क्षति पुर्याइदिने चीनको चेतावनी

भारतले सैन्य मुठभेड चाहेमा सन् १९६२ मा भन्दा बढी क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ ।

आज चिनियाँ विदेश मामलाको धारणा सार्वजनिक गर्ने पत्रिका ग्लोबल टाइम्समा सम्पादकीयमार्फत् चीनले भारतलाई चेतावनी दिएको हो ।

सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले सैन्य मुठभेड चाहेमा चिनियाँ जनमुक्ति सेना भारतको सेनालाई सन् १९६२ मा भन्दा बढी क्षति पुर्याउन वाध्य हुनेछ ।’ सन् १९६२ मा चीन र भारतबीच सीमा विवादका क्रममा युद्ध भई दुवैतर्फ ठुलो क्षति पुगेको थियो ।

भारतलाई अमेरिकाले मुखले मात्र साथ दिने भन्दै सम्पादकीयमा लेखिएको छ, चीन भारत सीमाको विषय दुई पक्ष बसेर समाधान गर्नुपर्छ ।भारतलाई अमेरिकाले समर्थन गरेको भ्रममा नपर्न समेत भनिएको छ ।

चीनको नीति भारतलाई उत्तेजित पार्ने नभएको तर भुमि अतिक्रमण गर्ने छुट नदिने भनिएको छ । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले चीनसँग प्रतिष्पर्धा गर्न चाहे चीनसँग पर्याप्त उपकरण र क्षमता छ ।’

सम्पादकीयमा भनिएको छ, ‘अमेरिका जस्तो अर्को शक्तिसँग जोडिएर चीनसँगको मामलामा प्रस्तुत हुने भारतको भ्रमको हामीले सामना गर्नुपर्छ ।’ सम्पादकीयमा भारतलाई अवसरवादी समेत भनिएको छ ।

चीन भारतभन्दा धेरै गुणा बलियो रहेको भन्दै तुलना हुन नसक्ने समेत दाबी गरेको छ । अमेरिकासँग मिलेर चीनसँगको मामलामा प्रस्तुत हुन खोजेको आरोप समेत लगाइएको छ ।

यसअघि जुन महिनामा दुई पक्षबीचको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।  यसपछि दुवै पक्षले वार्ता गरी विवाद मथ्थर पारेका थिए ।चीनतर्फ भने क्षतिको विवरण सार्वजनिक भएन ।

चीन र भारतबीच लद्दाखको क्षेत्रस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमा विवाद फेरि बल्झन थालेपछि चीनले ग्लोबल टाइम्समार्फत् धारणा सार्वजनिक गरेको हो ।

भारतले अमेरिकाको साथ लिएर चीनसँग प्रस्तुत हुनथालेको विषय उठिरहँदा पछिल्लो धारणा आएको हो ।

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्