Logo
१३ बैशाख २०८१, बिहीबार
(May 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रम स्वीकृति खुल्यो, अब वैदेशिक रोजगारीमा जान पाइने

संघीय सरकारले श्रम स्वीकृति खुलाएको छ । मन्त्रिपरिषदले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिए ।

सरकारले पुनः श्रम स्वीकृति भने गएको असार १८ गतेदेखि खुलाएको हो । पुन स् श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ । तर श्रम स्वीकृति भने ताहाचल कार्यालयबाट मात्रै पाइन्छ ।

तर काठमाण्डौमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषेधाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन । कोरोना भाइरसको महामारीको कारण गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो।

आजैको दिनदेखि श्रम स्वीकृति खुले पनि कुन कुन देशका लागि खुलेको र यसका मापदण्ड के हुने भन्नेबारे पूर्ण पाठ आउन बाँकी रहेको पनि उनले बताए ।

‘अहिलेलाई नयाँ श्रम स्वीकृति खुलेको हो भनेर बुझ्नुपर्छ, थप कुरा विस्तारै आइहाल्छ,’ महानिर्देशक दाहालले भने । सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागको आधारमा नयाँ श्रम स्विकृति खुल्ला गरिएको पनि महानिर्देशक दाहालले जानकारी दिए ।

त्यस्तै सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको संङ्ख्या बढाएको छ। भदौ १७ गतेदेखि खुल्ने उडानबाट दैनिक ८ सय जना स्वदेश आउन पाउने छन्।

यसअघि सरकारले दैनिक ५ सय मात्र आउन दिने निर्णय गरेको थियो।

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्