Logo
१२ श्रावण २०८१, शनिबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर अहिलेसम्म कुल १५६७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

सुरक्षामा खटिएका प्रहरीमा देशभर हालसम्म दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ ।

जसमध्ये ८ सय ९३ जना सक्रिय संक्रमित छन् । ६७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ९७ र काठमाडौं उपत्यकाका २७८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २०८, प्रदेश २ मा १२९, वाग्मती प्रदेशमा ४१, गण्डकीमा ६०, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित छन्

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्