Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा प्रवास कमिटीको चासो : चार्टर्डभन्दा नियमित उडान किन महँगो भयो?

नेकपाको प्रवास समन्वय कमिटीले विदेशी मुलुकमा रहेको नेपालीहरुलाई नेपालमा आउन चार्टर्डभन्दा नियमित उडान महँगो परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

कमिटीका अध्यक्ष युवराज चौलागाई र सचिव श्रीप्रसाद साहले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायलाई भेटेर यसबारे चासो व्यक्त गरेका हुन् ।

चौलागाईंले भने, ‘दुबईबाट नेपाल आउन सामान्य अवस्थामा करिव ३५ हजार पर्थ्यो । चार्टर्ड फ्लाइट हुँदा ४०/४२ हजार पर्‍यो । १६ गतेबाट हुने नियमित उडानमा ८० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ ।’

जवाफमा पर्यटनमन्त्रीले विदेशी एयरलाइन्स कम्पनीहरुसँग कुरा गर्ने बताएका छन् ।नेकपाको प्रवास कमिटीले नेपाल ल्याउनेहरुको दैनिक संख्या पनि कम भएको बताएको छ ।

‘यस अघि दैनिक २५ सय जनासम्म ल्याउने भनिएको थियो, अहिले ५०० मा झारिएको छ । यो मिलेन भनेका छौं’ चौलागाई‌ंले भने ।

खाडीका ६ देश र मलेसियाबाट मात्र १ लाख ३६ हजार नेपालीले घर फर्किन आवेदन दिएका थिए ।उनीहरुमध्ये करिब ४४ हजार फर्किएका छन् भने ८८ हजार घर फिर्तीको पर्खाइमा छन् ।

तर दैनिक ५०० मात्र ल्याउँदा उनीहरु आउन लामो समय लाग्नेतर्फ आफूहरुले मन्त्रीहरुको ध्यानाकषर्ण गराएको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

दशैंतिहार, छठ जस्ता चाडपर्व पनि नजिक आएकाले घर फर्किन चाहनेहरुको संख्या अझ बढ्नसक्ने अनुमान छ ।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्