Logo
१२ श्रावण २०८१, शनिबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि राप्ती प्रादेशिक अस्पताल सिल

प्रदेश नं ५ स्थित दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सिल गरिएको छ।

दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ आएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको हो।

अस्पताल विकास समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए।

‘शनिबार बेलुका ६ वजेदेखि अर्को सूचना जारी नगरेसम्म सिल गर्ने निर्णय भएको छ ’ अध्यक्ष न्यौपानले भने, ‘ अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्