Logo
१२ श्रावण २०८१, शनिबार
(August 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यमा देखिएको समस्याको कारण देखाउँदै शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए ।

मेरो खराब स्वास्थ्य अवस्थाको कारण गलत निर्णय राजनीतिक निर्णय हुनुहुँदैन’, उनले भने, ‘जहिलेसम्म म जापानी जनताको अपेक्षा पूरा गर्न सक्षम बन्दिनँ, त्यतिबेलासम्मको लागि मैले प्रधानमन्त्री पदमा रहनु हुँदैन । त्यसैले मैले पद छाड्ने निर्णय गरेको छु ।’

आबेले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोप्रति जापानका जनताहरुसँग माफी पनि मागेका छन् । पछिल्लो समय आबेको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ ।

उनको उपचारमको लागि अब एक वर्ष पनि लाग्न सक्ने जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

६५ वर्षीय आबे जापानका सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री हुन् । उनी सन् २०१२ यता निरन्तर प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए ।

उनको राजीनामासँगै अब जापानका उपप्रधान तथा अर्थमन्त्री तारो आसो आबेको बाँकी कार्यकालका लागि आबेको भूमिकामा आउन सक्ने सम्भावना छ ।

साथै चिफ क्याबिनेट सेक्रेटरी योसिहिडे सुगाको पनि सम्भावना छ । अब संसद्मा हुने निर्वाचनमार्फत् नयाँ प्रधानमन्त्रीको चयन हुनेछ ।बीबीसी

प्रकाशित मिति: Aug 28, 2020

प्रतिक्रिया दिनुहोस्