अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
नेपाली कांग्रेसका सांसद तथा अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनले आज बिहान आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्विटरमार्फत जानकारी दिएका छन्।
आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा आइसोलेशनमा बसेको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तित्वहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।