नेपालगञ्ज शिक्षण अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु

प्रदेश नं ५ स्थित बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका-७ कि ७० वर्षीया वृद्धा महिलाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।
महिला दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी थिइन् । पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो ।
स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।महिलाको मृत्युसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६ पुगेको छ ।