Logo
१८ कार्तिक २०८१, आईतबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी, थप कडाइ गर्ने निर्णय

काठमाडौंमा भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाउने निर्णय गरेको छ ।

बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बसेको बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ‘काठमाडौंमा एक साताका लागि अहिलेको भन्दा कडाइसाथ निषेधाज्ञाको समय बढाइएको छ र अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ।’

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो।

उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो।‘सबै पक्षबाट निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने राय आएपछि हामीले समय थप्यौं,’ दाहालले भने।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्