Logo
१३ बैशाख २०८१, बिहीबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेले गर्‍यो अनलाइनमार्फत युजरनेम र पासवर्ड लिन सकिने व्यवस्था

अहिलेको बर्तमान अवस्थामा कोरोना भाइरसको प्रकोप बढीरहेको अवस्थामा नेप्सेले बजारमा कारोबार गर्न र गराउन अनलाइनमार्फत युजरनेम तथा पासवर्ड लिन सकिने व्यवस्था गरेको छ ।

नेपाल स्टक एक्सचेञ्‍जले कोरोना संक्रमण बाट बच्नको लािग भौतिक दूरी कायम राख्दै दोस्रो बजारमा कारोबार गर्न र गराउन अनलाइनमार्फत युजरनेम र पासवर्ड लिन सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

लगानीकर्ताले अनलाइन कारोबार गर्न युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरण (केवाइसी) लाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरुको टीएमएस लिंकमा अनलाइन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ ।

उक्त लिंकमा गई रजिस्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्ना विवरणहरु भरेर युजरनेम तथा पासवर्ड लिन तथा केवाईसी अद्यावधिक गर्न सकिनेछ । यसबाट बढीभन्दा बढी प्रयोगकर्ताहरु अनलाइन कारोबारमा सहभागी हुन सक्ने नेप्सेले विश्‍वास लिएको छ ।

‘‘अनलाइन कारोबारलाई थप सहज बनाउन तथा नेप्से र दलाल व्‍यवसायीले प्रदान गर्दै आइरहेको सेवालाई मानवीय सम्पर्क यथासम्भव कम गरी सञ्चालन गर्ने उद्देश्यले अनलाइनबाटै युजरनेम र पासवर्ड लिने र केवाईसी समेत अनलाइनमार्फत अध्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ,’’ नेप्सेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्