Logo
११ श्रावण २०८१, शुक्रबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव नै गएको छैन : ऊर्जा मन्त्रालय

संघीय सरकाको ऊर्जा मन्त्रालयले आजको मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी पदमा नियुक्तिका लागि प्रस्ताव नलगिएको जनाएको छ।

प्राधिकरणको कार्यकारी निर्देशक पदमा आज बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नै निरन्तरता दिएको समाचार आइरहँदा ऊर्जाले भने प्रस्ताव नै नलगेको जनाएको छ।

विभिन्न अनलाइनमा पुनः नियुक्तीको समाचार देखेपछि सामाजिक सञ्जालमा घिसिङलाई बधाई दिनेको संख्या सामाजिक सञ्जालहरुमा उल्लेख्य बढेपछि मन्त्रालयले यस्तो प्रष्ट पारेको हो ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणको सिईओमा कुलमान घिसिङ पुनः नियुक्तिको समाचार कपोल्कल्पीत र भ्रामक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पारेका छन् ।

‘मंगलबारको मन्त्रिपरिषद बैठकले आगामी चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति दिने निर्णय गरेको’ भन्दै थुप्रै अनलाइन न्युज पोर्टलहरुमा समाचार प्रकाशन भएका छन् ।

तर ती समाचारहरुमा कुनै सत्यता नरहेको र भ्रामक सुचना सम्प्रेषण भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले बताए ।

घिसिङ प्राधिकरणको कार्यकारी प्रमुख भएर आएपछि १८ घण्टे लोडसेडीङ अन्त्य गर्न सफल भएको भन्दै पुनः उनैलाई नियुक्ती दिइनुपर्ने जनदवाव बढेको हो ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्