Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञा लम्ब्याउन काठमाण्डौका प्रशासनको आज संयुक्त बैठक बस्दै

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने विषयमा तीनवटै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठक आज अपरान्ह ३ बजे बस्ने बस्दै छ।

अहिले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नसमेत निषेध गरिएको छ।गत भदौ ३ गते मध्यरातदेखि एक साताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरिएको थियो।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा अपरान्ह ३ बजे बस्ने बैठकमा तीनवटै जिल्लाका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहने छ।

स्रोतका अनुसार कोरोना संक्रमणको स्थिति उस्तै रहेकाले निषेधाज्ञा लम्ब्याउने सम्भावना रहेको छ।

तीनवटै जिल्लाका सुरक्षा समितिले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को प्रयोग गर्दै निषेधाज्ञा गरेका हुन्।

यसअघि सोमबार काठमाडौँ उपत्यकाका मेयरहरुको फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन सुझाव दिएको छ ।

पछिल्लो समय देशभरका ५० भन्दा बढी जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागु गरिएको छ। तर सरकारले गत साउन ६ गते मध्यरातदेखि देशव्यापी लकडाउन अन्त्य भएको घोषणा गरेकोे थियो ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्