Logo
१२ श्रावण २०८१, शनिबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचेत हुने सुई लगाएर जबरजस्ती करनी गर्न खोज्ने स्वास्थ्यकर्मी साह पक्राउ

एक युवतीलाई जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले आइतवार नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

आइतवार दिउँसो करीब ११ः ५५ बजे उपचारका लागि गएकी रतनपुरीकै एक १८ वर्षीया एक विवाहिता युवतीलाई उपचारका नाममा एक्लै पारी अचेत हुने सुई लगाइ उनीमाथि जबरजस्ती करणी प्रयास गरेको पीडित युवतीले आरोप लगाएकी छन्।

रौतहटको कटहरिया नगरपालिका-२ घर भई हाल निजगढ नगरपालिका-११ रतनपुर बजार टोलमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका २६ वर्षीय प्रमोद साह बनियालाई पक्राउ गरेको हो।

ती युवतीमाथि अभद्र व्यवहार गर्दै करणी गर्ने हर्कत गर्न थालेपछि अर्धचेत महिला भागेर घर पुग्ने क्रममा बाटैमा अचेत हुन पुगेको पीडित महिलाकी पति विजय गोलेले बताएका छन्।

स्वास्थ्य सेवा जस्तो मानवीय सेवा दिने स्वास्थ्यकर्मीले महिलामाथि नै अमानवीय कार्य गर्न खोजेपछि कडा कानूनी कारबाही गर्नुपर्ने भनी पीडित युवतीका पति गोलेले सोमवार इलाका प्रहरी कार्यालय निजगढमा किटानी जाहेरी दिएका छन्।

महिला पेटको उपचारका लागि स्वास्थ्य क्लिनिक गएकी थिइन्। यता आरोपित स्वास्थ्यकर्मीलाई हिजो दिउँसो नियन्त्रणमा लिई अनुसन्धान थालिएको इप्रका निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्