Logo
१२ श्रावण २०८१, शनिबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र निर्देशक एन्टोनी बास्कर राजको निधन

चलचित्र निर्देशक एन्टोनी बास्कर राज (एबी राज) को ९५ वर्षको उमेरमा आइतबार चेन्‍नईमा निधन भएको छ ।

उनको आइतबार चेन्‍नईमा हृदयाघातका कारण निधन भएको हो ।उनले श्रीलंकामा चलचित्र निर्माताको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए ।

ए बास्कर नामले पनि इन्डस्ट्रिजमा चर्चित उनले सोही नामबाट सिंहलीमा १० भन्दा बढी चलचित्रहरु निर्देशन गरेका छन् ।

उनले ६० दशकको अन्ततिर मलयालम चलचित्रहरु निर्देशन र निर्माण गर्न सुरु गरेका हुन् । उनले ६५ वटा मलायलम चलचित्रहरु निर्देशन गरेका छन् ।

उनी राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री सरन्या पोन्भन्‍नका बुबा हुन् । सन् १९५७ मा रिलिज भएको हलिउड चलचित्र ‘द ब्रिज अन द रिभर क्‍वाई’ का चलचित्र निर्देशक डेभिड लिनसँग पनि काम गरेका छन् ।

साथै उनले २ वटा तमिल चलचित्र पनि निर्देशन गरेका छन् ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्